August 19, 2017

सात वटै प्रदेशमा पेट्रोलियम पदार्थका भण्डारण केन्द्र बन्ने अापूर्तीन्त्रीको भनाई

नरेश के.सी./भैरहवा, बैशाख ९ । देशका ७ वटै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गर्नकालागी आपुर्ती मन्त्रालयले तयारी गरिरहेकाे अापूर्तिमन्त्री दिपक बोहराले बताएका छन् ।

उनले मधेस आन्दोलनका समयमा देशमा परेको पेट्रोलिय संकटलाई मध्यनजर गरेर सवै प्रदेशहरुमा भण्डारणको व्यवस्था गर्नका लागी  मन्त्रालयले प्रयास गरिरहेको जानकारी गराए ।

शनिवार उद्योग व्यापार संगठन रुपन्देहीको १० ‌औँ साधारणसभालाई सम्वोधन गर्दै मन्त्री बोहराले अब भारतबाट पेट्रोलियम पर्दाथ पाईप लाईनको माध्यमबाट आउने तयारी अन्तिम चरणमा रहेको समेत बताए ।

देशमा अहिले राजनीतिक अस्थिरता रहेकाले विकास निर्माणका कामहरु द्रुतगतिमा  अगाडी बढ्न नसकेको जनाउदै मन्त्री बोहराले स्थानिय निर्वाचन भए जनताका कामहरु सहजरुपमा जननिर्वाचित प्रतिनिधिबाट हुने कुरा समेत व्यक्त गरे ।

उनले गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थलकालागी सरकारले अधिकरण गरेको जग्गाको उचित मुल्य दिनुपर्ने भन्दै यसका लागी परियोजनाले छिट्टै पहल गरेर टुङग्याउनु पर्ने समेत बताए ।

बुटवल भैरहवा सिक्सलेन व्यापारी मार्गको निर्माण कार्य समयमा नै पुरा नहुदा स्थानिय जनता र यात्रुहरुलाई धुलो र भत्किएको वाटोका कारण समस्या परेकाले यो परियोजना समयमा नै पुरा गर्न सवै हामी जाग्नु पर्ने बेला आएको जनाउदै मन्त्री बोहराले भैरहवा अवको केहि बर्षमा देशकै नमुना शहर बन्ने बताए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष तथा साधारण सभाका विशिष्ट अथिति श्याम पाठकले समेत नेपालमा लगानी मैत्री वातावरण नभएको वताउदै बैकिङ क्षेत्रमा समेत व्याज बढाउने काम मात्र हुने तर उद्योग व्यापारीलाई आवश्यक लगानी नथपिदिदा समस्या भैरहेको बताए ।

कार्यक्रममा पुर्वमन्त्री हकिकुल्ला खां र ओमप्रकास यादव गुल्जारीले देश अव निकासको द्धारमा रहेकोको बताउदै आर्थिक क्रान्तिका लागी राज्यले व्यापार तथा उद्योग क्षेत्रको विकासमा पहल गर्नुपर्ने बताए ।

पत्रकार र व्यवसायी सम्मानित

साधारण सभाले भैरहवाक्षेत्रमा रहेर कलम चलाउने पत्रकार तथा व्यापारीहरुलाई समेत सम्मान गरेको छ ।

भैरहवा क्षेत्रमा रहेर कलम चलाउने श्रमजिवि पत्रकारहरु लुम्बिनी प्रेस क्लवका अध्यक्ष माधव ढुङगाना, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझी, न्यु ओकेका सम्पादक मनोरञ्जन शर्मा, लुम्बिनी पोष्टका सम्पादक दिपक घिमिरे, सिद्धार्थ एफएमकी सरिना मराशिसी, नारि विम्वकी प्रधान संपादक सम्झना शर्मा, रुपन्देही एफएमका शंकर पाण्डे, गौतम बुद्ध दैनिकका प्रवन्धक सम्पादक माधव न्यौपाने र टोपराज शर्मालाई सम्मान गरेको छ ।

त्यस्तै, उद्योगी व्यापारी तर्फ  एसआर ग्रुपका अध्यक्ष सिताराम उप्रेती उद्योग तर्फ, चन्डश्वरी ग्रुपका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठलाई व्यापार तर्फ, होटल कसाईका व्यवस्थापक विनेश मान्नधर लाई पर्यटन तर्फ ,जय श्री लोध लाई कृषि तर्फ र रवि पारिखलाई सेवा तर्फ उकृत्ट व्यावसायी भन्दै सम्मान समेत गरेको छ ।