Breaking News

स्पेनको सार्वजनिक यातायातमा पुरुष यात्रिहरुले खुट्टा फैलाएर बस्न नपाउने

काठमाण्डौ, २८ जेठ । स्पेनको राजधानी मड्रिडको परिवहन विभागले पुरुष यात्रिहरुका लगि अनौठो र अचम्मको नियमको सुरुवात गरेको छ ।

अहिले मड्रिड सिटिको बसमा पुरुषहरुलाई खुट्टा फैलाएर सिटमा बस्न रोक लगाइएको छ । यस्तो खालको अभियान सहरमा चल्ने मेट्रोमा सुरु गरिएको हो । यो अभियान महिलाहरुको एक संगठनले सुरु गरिएको हो, जस अन्तर्गत पुरुषहरुले यात्राका क्रममा खुट्टा फैलाएर सिटमा बस्न पाउने छैनन् ।

यो अभियानलाई ‘म्यानस्प्रेडिङ’ को नामले चिनिन्छ भने यो शब्दलाई २ वर्ष अघि अक्सफोर्ड डिक्सनरीमा सामिल गरिएको थियो । विश्वका अन्य ४ सहरमा पहिलेदेखि नै यस खालको अभियान चलाइँदै आइएको छ ।

अनलाइन याचिकाका अनुसार, एउटै सिटमा महिलाहरु खुट्टा सम्हालेर बस्छन् भने पुरुषहरु चाँहि खुट्टा फैलाएर बस्दा महिलाहरुलाई कति असहजताको महशुस हुन्छ होला ?

shares