अन्तिम घरेलु दौडमा बोल्टको जीत

काठमाण्डौ, २८ जेठ । विश्वका तेज धावक उसेन बोल्टले घरेलु प्रतियोगितामा अन्तिम दौडमा जीत हासिल गरेका छन् ।

जमैकाका ८ पटक ओलम्पिक स्वर्ण पदक विजेता बोल्टले १ सय मिटरको दौड १०.०३ सेकेन्डमा पूरा गर्दै जीत हासिल गरेका हुन् । उनले आफ्नो अन्तर्राष्ट्रिय करियर सन् २००२ मा सुरु गरेका थिए । उनी विश्वका सफल धावक पनि मानिन्छन् ।

३० वर्षीय धावकले अगष्टमा हुने लण्डन विश्व च्याम्पियनसिपपछि सन्यास लिने छन् ।