‘हाम्रो स्वाभिमान, वैदिक सनातन हिन्दूराष्ट्र रक्षा अभियान’ थालिने

काठमाण्डौ, २८ जेठ । अखिल नेपाल हिन्दू महासभाले ‘हाम्रो स्वाभिमान, वैदिक सनातन हिन्दूराष्ट्र रक्षा अभियान’ भन्ने मूल नाराका साथ नेपाललाई वैदिक सनातान हिन्दूराष्ट्र पुनःस्थापनाको लागि अभियान थाल्ने भएको छ ।

आईतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर सुरुमा सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि आफ्ना मागहरूप्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष महामाया प्रसाद सिंहले हिन्दूराष्ट्र नेपाल र नेपालीको पहिचान भएको बताउँदै पहिचान कायम राख्नको लागि जुनसुकै हत्कण्डा अपनाउन तयार रहेको बताए ।

उनले वर्तमान सरकार र नेताहरूले जनताको दुःखमा साथ दिन नसकिरहेको आरोप पनि लगाए ।