Breaking News

बागलुङमा विषालु साग खाँदा एककाे मृत्यु, पाँच बिरामी

गणेश पाैडेल/ बागलुङ, २८ जेठ । गलकोट नगरपालिका–१० पाण्डवखानीका ४० वर्षका दुर्गाबहादुर काउचाको शनिबार वनबाट ल्याएको विषालु साग खाँदा आईतबार बिहान मृत्यु भएकाे छ ।

साँझकाे खानासँगै साग खाएका काउचालाई रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । उनको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा ज्यान गएका हो ।

साग खाएर ६० वर्षका जितबहादुर काउचा, ३९ वर्षका जङ्गबहादुर काउचा, ५७ वर्षकी मनकुमारी काउचा, १८ वर्षकी हिरा काउचा र ३७ वर्षकी सोनिया काउचा बिरामी परेका छन् ।

जितबहादुर र जङ्गबहादुरको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ भने अरुको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

shares