२४ औं वार्षिकोत्सवको अवसरमा नर्भिक हस्पिटलले नयाँ स्वास्थ्य सेवा थप्दै

काठमाण्डौ, ९ वैशाख । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा नयाँ स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा शनिबार काठमाण्डौमा गरिएको कार्यक्रममा अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले महिलाको स्वास्थ्य सेवा सम्बन्धी थप उपचार सुरु गर्न लागिएको बताए । उनले महिला स्वास्थ्य सेवाको उपचारका लागि महिला चिकित्सक लगायत सहयोगी टोली नै उपलब्ध गराइने उल्लेख गरे ।

बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यस्तै आन्तरिक फुटसल र भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विभिन्न कार्यक्रमका सहभागिलाई पुरस्कृत गरेका थिए ।