October 24, 2017

चुनाव चिन्ह अंकित टि-सर्ट, टोपी र झोला बाँड्ने काम रोक्न आयोगको निर्देशन

काठमाण्डौ, २८ जेठ । निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिन्ह अंकित टि-सर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

दल र उम्मेदवारका चिन्हअंकित टि-सर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिता विपरीत हुनेतर्फ आयोगले सम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ । यो खबर अन्नपूर्ण पोष्टमा छ