October 24, 2017

राजपाद्वारा असार १४ काे चुनाव सार्ने माग सत्तारुढ दलहरुद्वारा अस्वीकार

काठमाडौं २७ जेठ । राष्ट्रिय जनता पार्टीले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न गरेकाे माग सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा अाज सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले असार १४ काे चुनाव सार्न माग गरेपछि सत्तारुढ दल कांग्रेस र माअाेवादी केन्द्रले अस्वीकार गरेका हुन ।

असार १४ काे चुनाव अघि संविधान संसोधन लगायतका माग पुरा गर्नु पर्ने राजपाका नेताहरुकाे माग छ तर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीकाे पदभार ग्रहण गरे लगत्तै असार १४ अघि कुनै पनि हालतमा संविधान संसोधन गर्न नसकिने बताएका थिए ।

राजपाकै सुविधाका लागि सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव पनि असार ९ हुँदै १४ का लागि सारेर सरकारले राजपालाई चुनावमा सहभागि हुने बातावरण बनाएकाे थियो ।