August 17, 2017

कागबेनीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाण्डौ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको बस कागबेनीकाे बारगाउँ भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट आज बिहान मुक्तिनाथका लागि छुटेको ना ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि मुक्तिक्षेत्र–४ बारगाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको बताइएको छ । घाइतेहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।