Breaking News

दरखास्त बुझाउन तीन दिन म्याद थप

काठमाण्डौ,२७ जेठ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन संशोधनपछि दलीय उम्मेदवारी मनोनयनको आधिकारीक पत्र प्रदान गर्ने पदाधिकारीको नाम, थर र दस्तखतको नमूनासहितको विवरण बुझाउन तीन दिनको म्याद दिएको छ ।

शुक्रबार सूचना जारी गरी निर्वाचन आयोगले यस्तो विवरण बुझाउन छुटेका दलहरुलाई समय दिएको हो । यसअघि पहिलोचरणमा वैशाख १६ गते नै दलका प्रतिनिधिको हस्ताक्षर मागे पनि पहिलो चरणको निर्वाचनमा भाग नलिएका दलका लागि आयोगले यो सूचनामार्फत पुनः हस्ताक्षर मागेको हो ।

पहिलो चरणमा राजपा नेपालसहितका केही दलले हस्ताक्षर बुझाएका थिएनन् । पहिलो चरणमा भाग नलिएका दलहरुलाई सहभागी गराउन सरकारले संसदमा स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्न विधेयक लगेको थियो । बिहीबारको संसद बैठकबाट पारित भएको विधेयक शुक्रबार राष्ट्रपतिबाट प्रमाणीत भएको थियो ।

आयोगको सूचना अनुसार छुटेका दलहरुले आगामी २९ गतेसम्म आफ्ना उम्मेदवारको मनोनयनमा आधिकारिकता प्राप्त गर्ने पदाधिकारीको नाम र हस्ताक्षरको नमूना बुझाउनुपर्ने छ । काठमाण्डौ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन संशोधनपछि दलीय उम्मेदवारी मनोनयनको आधिकारीक पत्र प्रदान गर्ने पदाधिकारीको नाम, थर र दस्तखतको नमूनासहितको विवरण बुझाउन तीन दिनको म्याद दिएको छ ।

शुक्रबार सूचना जारी गरी निर्वाचन आयोगले यस्तो विवरण बुझाउन छुटेका दलहरुलाई समय दिएको हो । यसअघि पहिलोचरणमा वैशाख १६ गते नै दलका प्रतिनिधिको हस्ताक्षर मागे पनि पहिलो चरणको निर्वाचनमा भाग नलिएका दलका लागि आयोगले यो सूचनामार्फत पुनः हस्ताक्षर मागेको हो । पहिलो चरणमा राजपा नेपालसहितका केही दलले हस्ताक्षर बुझाएका थिएनन् । याे खबर हिमालय टाइम्समा छ ।

shares