Breaking News

इराकमा दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तिमा ५० को मृत्यु

काठमाण्डौ, २६ जेठ । इराकको दुई छुट्टाछुट्टै ठाउँमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

इराकमा सिया मुस्लिमहरुको पवित्र शहरको केर्बलाको व्यस्त बजार तथा राजधानी बग्दादबाट दक्षिणी शहर मुसायिव शहरमा आत्मघाती विस्फोट भएको हो । विस्फोटमा अन्य ७० भन्दा बढी घाइते भएका छन् । दुबै विस्फोट व्यस्त बजारमा गराइएको अधिकारीले जनाएका छन् ।

केर्बलामाको विस्फोटसँगै केही घण्टामा अर्काे विस्फोट भएको अधिकारीले जनाएका छन् । मुसायिव शहरमा केही वर्षयता लगातार विस्फोटका घटना भइरहेका छन् । घटनाको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।

shares