कांग्रेसले अधिकांश उम्मेदवारको टुंगो लगायो

काठमाण्डौ, २६ जेठ । कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि अधिकांश उम्मेदवारहरुको छनोट कार्य सकिएको जनाएको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट उम्मेदवार छनोट प्रक्रियाको काम ८० प्रतिशत सकिएको कांग्रेसले जनाएको हो ।

जिल्लामा टुङ्गो लाग्न नसकेर विवाद भई केन्द्रले टुङ्ग्याउनुपर्ने स्थानीय तहमा उम्मेदवार छनोटका लागि समय लागेकोे नेता दिलेन्द्र बडुले जानकारी दिए । ३ वटा प्रदेशमा उम्मेदवार छनोटको काम शनिबारसम्ममा टुङ्गो लाग्ने बडुले बताए ।

उम्मेदवार दर्ता प्रक्रियाको अन्तिम समय असार २ गते रहेकोले त्यसलाई मध्यनजर गर्दै उम्मेदवार छनोटको काम अघि बढाइएको नेता बडुले जानकारी दिए ।