Breaking News

‘दिल्ली मेट्रोमा ९० प्रतिशत पाकेटमार महिला नै’

काठमाण्डौ, २६ जेठ । दिल्ली मेट्रो स्टेशनमा सुरक्षाको रेखदेख गर्ने ‘केन्द्रीय औद्योगिक सुरक्षा बल’ ले ९० प्रतिशत पाकेटमार महिला रहेको दाबी गरेको छ ।

यो वर्ष उक्त सुरक्षा बलले ३ सय ७३ पाकेटमारहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ३ सय २९ जना त महिला थिए । सन् २०१६ मा पनि ४१ जना पुरुष पाकेटमार र ४ सय ३८ जना महिला पाकेटमारहरुलाई नियन्त्रणमा लिइएको थियो ।

‘केन्द्रीय औद्योगिक सुरक्षा बल’ ले ८ स्टेशन पाकेटमारको प्रमुख केन्द्र रहेको बताएको छ ।

shares