Breaking News

कुपाेषण निरुत्साहित गर्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन सराेकारवालाहरुकाे जाेड

काठमाण्डौ, २६ जेठ । पोषण तथा खाद्य सुरक्षा सम्बन्धी नीतिगत र कार्यरत प्रयास भए पनि कार्यान्वनयमा नआएको सरोकारवालाहरुले बताएका छन् ।

शुक्रबार काठमाण्डौमा आयोजित पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपालमा अझै ३६ प्रतिशत बालबालिकाहरु कुपोषणको शिकार भएको सरोकारवालाहरुले बताएका छन् । संविधानमा बालबालिकाहरुको पूर्ण रुपमा पोषण पाउनुपर्ने अधिकार सुनिश्चित गरिए पनि जनचेतनाको अभावका कारण कुपोषणको शिकार हुँदै आएको राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर गीता भक्त जोशीले जानकारी दिए । कुपोषणलाइ पूर्ण रुपमा निरुत्साहित गर्न हाल त्रीबर्षीय योजानामा परिणत गरिएको बताउँदै २०२५ सम्म कुपोषण हटाउने लक्ष्य लिइएको जोशीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले हरेक नागरिकले आफ्नो उत्पादन तथा दैनिकीमा पोषणको पदार्थ प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य वक्ताहरुले कुपोषणको गम्भीर समस्यालाई सम्बोधन गर्न नीतिगत रुपमा प्रथमिकतामा राख्न राजनीतिक तथा प्रशासनिक नेतृत्व समक्ष आग्रह गरेका थिए ।

shares