Breaking News

ललितपुरको मंगलबजारमा मल्लकालीन सिंहासन प्रदर्शन

काठमाण्डौ, २६ जेठ । जेष्ठ पूर्णिमाको दिन शुक्रबार ललितपुरको मंगलबजारमा मल्लकालीन सिंहासन प्रदर्शन गरिएको छ ।

सुनको जलप लगाइएको सो सिंहासान जेष्ठ पुर्णिमाको दिनमा मात्र सार्वजनिक रुपमा प्रदर्शन गर्ने र सर्वसाधारणले दर्शन गर्ने चलन रहेको छ । सिंहासन मंगलबजारको कृष्ण मन्दिरमा राखी दिनभरी नै प्रदर्शन गर्ने चलन छ । जेष्ठ कृष्णलाई वर्षभरिकै सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।

उक्त दिनमा मंगलबजारमा सिद्धिनरसिंह मल्लले रचना गरेको मेघ मल्हार राग प्रस्तूत गर्ने चलन रहेको छ । सो प्रस्तूतिलाई परम्पराग शास्त्री संगीत महोत्सवको रुपमा नामांकरण गरिएको छ ।

shares