दार्जिलिङमा स्थिति तनावग्रस्त, सेना परिचालन

पकंज शर्मा/ झापा जेठ २६ । बंगला भाषाका सम्बन्धमा उत्पन्न विवादले भारतको पश्चिम बंगाल अन्तर्गतकाे दार्जिलिङ सहर तनावग्रस्त बनेकाे छ । प्रदर्शनकारीहरुले अाज विहानै देखि पश्चिम बंगाल सरकार बिरुद्द नाराबाजी गर्दै दार्जिलिङ बन्दको अाव्हान गरेका छन ।

बंगला भाषालाई राज्यका सबै स्कुलहरुमा अनिवार्य गरिने राज्य सरकारको निर्णयलाई अस्वीकार गर्दै दार्जि्लिङका नेपाली भाषीहरु अान्दोलनमा उत्रिएका हुन । अान्दोलनकाक्रममा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । झडकाक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमातोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।


पश्चिम बंगाल सरकारकाे अाज विहान दार्जि्लिङमा बसेकाे राज्य क्याविनेटको बैठकस्थल राजभवन बाहिर प्रदर्शनकारीले  मुख्यमन्त्री ममता बेनर्जी विरुद्ध चर्का नाराबाजी गरेका छन ।
गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको अनुमित नलिइ बैठक आयोजना गरिएकोमा विरोध भएकाे मोर्चाका अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले बताए  ।


बिहीबार सुरक्षाकर्मीबाट भएको ज्यादती विरुद्ध मोर्चाले आव्हान गरेको १२ घण्टे चक्का जामका कारण दार्जि्लिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य सहरहरु प्राय सुनसान बनेका छन् । यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प पारिएको मोर्चाका सहसचिव ज्योतिकुमार राईले जानकारी दिए ।
यसैबीच राज्य सरकारले जीटीएको प्रमुख सचिव रविन्द्र सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ । राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जि्लिङमा सेना तैनाथ गरेको छ । तनावग्रस्त दार्जि्लिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जि्लिङ पुलिसले जनाएको छ ।