चीनका परराष्ट्र मन्त्री वाङले दिए मन्त्रीे महरालाई बधाई

काठमाण्डौ, २५ जेठ । चीनका विदेश मन्त्रालयका मन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रपति कृष्णबहादुर महरालाई बधाई दिएका छन् ।

नेपाल परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको उल्लेख गरेको हो । उक्त सन्देशमा वाङले नेपाल–चीन दुबै पक्षले सुमधुर सम्बन्ध राखेको भन्दै खुशी पनि व्यक्त गरेका छन् ।

साथै वाङले आगामी दिनमा चीनले प्रस्ताव गरेको ‘वान वेल्ट वान रोड’ को अवधारणाले दुई देशको बीचमा सुमधुर सम्बन्ध कायम राख्ने आशय पनि व्यक्त गरेका छन् ।