October 24, 2017

नेपाल पत्रकार महासङ्घ काठमाण्डौको नयाँ नेतृत्वका लागि आईतबार निर्वाचन

काठमाण्डौ, ९ वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाण्डौको नयाँ नेतृत्वका लागि आईतबार निर्वाचन हुने भएको छ ।

१० आैँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आईतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आईतबार निर्वाचनका लागि शन्तराम बिँडारी र रामकृष्ण अधिकारीले मनोनयनपत्र दर्ता गराएका छन् ।

चैत्रमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो । शाखामा करिब १ हजार ३ सय ५० मतदाता छन् । यसअघि १० औँ अधिवेशनको उद्घाटन गर्दै पत्रकार अगुवाहरुले सञ्चारमाध्यम मुलुक परिवर्तनका संवाहक भएको हुँदा राज्यले उनीहरूको पेसागत सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।