Breaking News

श्री लंका भारतले दिएकाे ३ सय २२ रनकाे लक्ष्य पछ्याउँदै

काठमाण्डौ, २५ जेठ । च्याम्पियन्स ट्रफी अन्तर्गत अहिले भारत र श्री लंकाबीच खेल भइरहेको छ । श्री लंकाले जवाफी ब्याटिङ गर्दै भारतले दिएको ३ सय २२ रनको लक्ष्य पछ्याइरहेको छ ।

टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २१ रन बनायो । उसका लागि शिखर धावनले १ सय २५ रनको सानदार पारी खेले । त्यस्तै रोहित शर्माले ७८ रन बनाउँदा महेन्द्रसिंह धोनीले उत्कृष्ट अर्धशतकको पारी खेले । श्री लंकाका लागि लासिथ मालिंगाले २ विकेट लिए भने सुरंगा लकमल, नुवान प्रदीप, थिसरा परेरा र एसेला गुनारत्नेले समान १–१ विकेट लिए ।

भारत आजको खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ भने श्री लंका जीत दर्ता गर्दै प्रतियोगितामा आशा जिवितै राख्न चाहन्छ ।

shares