Breaking News

३ पटक शल्यक्रिया गरेर गर्भवतीकाे ज्यान बचाइयाे

पकंज शर्मा / झापा, २५ जेठ । गर्भवती महिलाको अति जटिल शल्यक्रिया गरेर भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलले नयाँ जीवन दिएको छ ।

झापा कचनकवल गाउँपालिका ७ बालुवाडी बस्ने २२ बर्षीया गीता अधिकारीको एकै चोटी ३ पटक शल्यक्रिया गरेर ओम साईले नयाँ जीवन दिएको हो । ओमसाईका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशिकुमार सिह र गाइनोलोजिष्ट डा. सुमन सिंहले ६ घण्टा लामो शल्यक्रिया गरेर गर्भवतीको ज्यान बचाउन सफल भएको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेल (साईराम) ले बताए ।

सर्जन डा. शशि र गाइनो डा. सुमनले ती महिलाको सानो आन्द्रा कुहिएको, मृतक शिशु निकालेको र पाठेघर गरी ३ वटा शल्यक्रिया गरेका हुन् । उनका अनुसार हजारौं तथा लाखौं बिरामीमा मात्र यस्ताे घटना देखा पर्दछ ।

डा. शशिकुमारले दिएको जानकारी अनुसार ७ महिना गर्भवती रहेकी ती महिलाको बच्चा गर्भमै मृत्यु भइसकेपछि मेची अञ्चल अस्पतालले आमाको ज्यान खतरामा छ भन्दै रेर्फर गरिदिएका थिए । उत्त अस्पतालले बिरामीको अवस्था अति गम्भिर र अन्यत्र पठाएमा बाटैमा मुत्यु हुने अवस्था देखिएपछि आफन्तको अनुरोधमा उनको उपचार सुरु गरेको थियो ।

shares