बेलायतमा ६ सय ५० सांसद चयनका लागि चुनाव हुँदै

काठमाण्डौ, २५ जेठ । ६ सय ५० सांसद चयनका लागि बेलायतमा आज संसदीय चुनाव भइरहेको छ ।

मतदानका लागि देशभर ४० हजार मतदान केन्द्र राखिएको छ । ४ करोड ६९ लाख मतदाताले मतदान गर्ने बेलायतको निर्वाचन आयोगले जनाएको छ । बिहानै देखि सुरु भएको मतदान राति १० बजेसम्म चल्ने बताइएको छ ।

मतदान सकिएलगतैै मतगणना सुरु हुने अधिकारीले जनाएका छन् । मध्यरातबाटै केही मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।