मधेशमा कुनै पनि हालतमा चुनाव हुन्छः उपेन्द्र यादव

काठमाण्डौ, २५ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘अब चुनाव हुन्छ, कसैले चाहेर पनि रोक्न सक्दैन किनकि जनताले चुनाव चाहेका छन् ।’ जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आइरहेको बताउँदै यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुला रहेको समेत बताए ।

राजनीतिमा पार्टी एकता हुनुलाई स्वभाविक मान्दै यादवले अहिले प्रचण्ड नेतृत्वको माओवादीसँग एकताको लागि कुनै कुरा नभएको स्पष्ट पारे । साथै यादवले आफ्नो पार्टी चुनावमा नगए पनि मधेशमा चुनाव हुने विश्वास दिलाए ।