वर्तमान सत्तागठबन्धनले तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने निधिकाे जीकिर

काठमाण्डौ, २५ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्तागठबन्धनले तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तीन तहको निर्वाचन नभएसम्म माओवादी केन्द्रसँगको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका हुन् । साथै यो गठबन्धनले परिवर्तनलाई संस्थागत गर्नेमा पनि निधि ढुक्क छन् ।

उनले मन्त्री चयनको विषयमा पार्टी भित्र कुनै विवाद नरहेको बताउँदै मन्त्री चयनका विषयमा आन्तरिक छलफल भइरहेको र छिट्टै टुंगो लाग्ने जानकारी दिए ।