August 17, 2017

तलिवानी हमलामा मारिनेको संख्या १ सय ४० पुग्यो

काठमाण्डौ, ९ वैशाख । पाकिस्तानको एक सैनिक अड्डामा शुक्रबार तालिवानिले गरेको हमलामा परी मर्नेको संख्या १ सय ४० पुगेको छ । मर्नेहरुमा अधिकांश सैनिकहरु रहेका छन् ।

शुक्रबार राति बाल्ख प्रान्तको सहर ‘मजार–ए–शरिफ’ मा भएको हमलामा आतंकवादी र प्रहरीबीच निकै बेरसम्म लडाई भएको थियो । सेनाका एक प्रवत्ताले तालिवानी लडाकुहरु सेनाको भेषमा आएको बताए । एक बयानमा तालिवानीले हमलाका जिम्मेवारी लिएको छ । उक्त लडाईमा १० तालिवानी मारिएका छन् भने एकलाई हिरासतमा लिइएको छ ।

अमेरिकी सेनाका प्रवत्ता जोन थोमसले यो घटनालाई ज्यादै ठूलो हमला भएको बताएका छन् । साथै उनले अफगानिस्तानी सेनाको प्रशंसा पनि गरेका छन् । ‘मजार–ए–शरीफ’ अफगानिस्तान नेशनल आर्मीको २०९ कोरको मुख्यालय हो जसले उत्तरी अफगानिस्तानको अधिकांश ईलाकामा सुरक्षा दिन्छ ।