Breaking News

‘बाल स्वास्थ्य र विकास’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाण्डौ, २५ जेठ । ‘बाल स्वास्थ्य र विकास’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि ललितपुरमा सुरु भएको छ ।

बाल स्वास्थ्य र विकासका क्षेत्रका देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ सम्मेलन सुरु भएको हो । सम्मेलनमा सहभागिहरुले बाल स्वास्थ्य र विकास आजको मु्ख्य चूनौती भएको बताएका छन । उनीहरुले पोषणको अभावमा बालबालिकाहरुले जोखिमपूर्ण जीवनयापन गर्नुपरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजान सम्बन्धित राष्ट्रहरुले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, बंगलादेश, बेलायत, दक्षिण अफ्रिका लगायतका देशका अनुसन्धानकर्ताहरु सहभागी भएका छन् । शुक्रबारसम्म चल्ने सम्मेलनले विश्वमै बाल विकासको क्षेत्रमा देखिएको समस्या र समाधानका उपायहरुबारे खोजी गर्ने विश्वास लिइएको छ ।

shares