Breaking News

लागु अाैषधका कारोबारी नदीमा हाम फालेर बेपत्ता भएपछि अाफन्तद्वारा बाग्लुङ बन्द अाव्हान

गणेश पौडेल / बागलुङ २५  जेठ। मंगलवार साँझ कालीगण्डकी नदीमा हामफाली वेपत्ता भएका सुनिल पुनको घटनाको विरोधमा आफन्तहरुले बागलुङ सदरमुकाम बन्द गराएका छन् ।

बन्दका कारण बागलुङको जनजिवन प्रभावित भएको छ । बिहानैदेखि बन्द गराउँदै हिडेका बन्दकर्ताहरुले पसल तोडफोड गर्न थालेपछि अधिकांश बजार क्षेत्र बन्द भएका छन् ।
पुन वेपत्ता हुनुमा प्रहरीको दोष रहेको भन्दै बन्द गराउँदै हिडेकाहरुले केवी मासु पसलमा तोडफोड गर्नुका साथै पसलका सञ्चालक केवी भण्डारीलाई कुटपिट समेत गरेका छन् । कुटपिटबाट घाइते भण्डारीको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

प्रदर्शनकारी मासु पसलभित्र छिरेर मासु काट्न प्रयोग गर्ने हतियारले आक्रमण गरेको भण्डारीले बताए । भण्डारीको निधारमा सामान्य चोट लागेको र टाउको बचाउँने क्रममा हातमा हतियारले काटेको छ ।
बागलुङका डिएसपी अनिल कुमार भण्डारीले मंगलवार साँझ बागलुङदेखि कुश्मातर्फ गइरहेको ध १ ज ४१४ नं.को ट्याक्सीलाई मालढुङ्गामा चेकजाँच गर्ने क्रममा ट्याक्सीको गियर लिभरमा लुकाएर राखिएको डाईजेपान, नुर्फिन, फेनार्गन, सिरिन्ज, निर्टापेम ट्यावलेट भेटिएपछि काठेखोला गाउँपालिका वडा नं. आठ घर भई बानपा ३ देउरालीचोक बस्ने १९ वर्षका सुनिल पुन, २८ वर्षीय दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक हेटौडाका २४ वर्षीय भिमसेन लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पुन प्रहरीको नियन्त्रणबाट भागेका कालिगण्डकी नदीमा हाम फालेपछि वेपत्ता भएका थिए । प्रहरी नियन्त्रणबाट भागेका पुन कालीगण्डकी नदीमा हाम फालेर वेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीको भनाईका आधारमा प्रहरीले कालीगण्डकी नदीमा वेपत्ताको खोजी गरिरहेको बताएकाे छ ।

shares