पेट फूल्ने समस्यालाई यसरी नियन्त्रण गर्न सकिन्छ–

काठमाण्डौ, २४ जेठ । पेट फूल्ने समस्या हरकोहीलाई हुन सक्छ । यो जुनसुकै उमेरको मानिसहरुलाई पनि हुन सक्छ ।

यसको लागि सर्वप्रथम त खानपानमा ध्यान दिनुपर्छ, के खाने के नखाने । आज हामी तपाईहरुलाई केही यस्ता चीजहरुको बारेमा बताउन जाँदैछौं, जसले तपाईलाई केही हदसम्म सहयोग गर्नेछ–

१. अदुवा

अदुवालाई पेट फूल्ने समस्याको अचुक औषधीको रुपमा लिइन्छ । अदुवाको सेवनले तपाईलाई यो समस्याबाट दूर राख्दछ । यसको सेवन तपाई कुनै खाद्य पदार्थमा मिसाएर खान सक्नुहुन्छ ।

२. धनियाँ र पुदिना

पेट फूल्ने समस्याको दोस्रो औषधीको रुपमा धनियाँ र पुदिनालाई लिन सकिन्छ । धनियाँ र पुदिनाले शीतलता प्रदान गर्दछ, जसले पेट फूल्ने समस्या दूर गर्दछ ।

३. काँक्रो

काँक्रोलाई पनि पेट फूल्ने समस्याबाट राहत दिने चीजको रुपमा लिन सकिन्छ । यसमा भरपूर मात्रामा फाइबर हुने गर्दछ ।