सुरक्षाकर्मीहरुलाई बाेल्दा संयमता अपनाउन गृहमन्त्री शर्माको निर्देशन

काठमाण्डौ, २४ जेठ । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरूले जथाभावी रूपमा वक्तव्य दिँदा प्रहरी संगठनमा आँच आएको बताए । उनले प्रहरी संगठनभित्रको राजनीतिकरण र अनुशासनहीनता बन्द गर्न पहल गर्न पनि निर्देशन दिए ।

मन्त्री शर्माले भयरहित र निष्पक्ष रूपले निर्वाचन सम्पन्न गर्नुपर्ने अभिभारा रहेकाले त्यसका लागि तयारी अवस्थामा रहन समेत सुरक्षा निकायलाई निर्देशन दिए ।