Breaking News

बाख्राले ६६ हजार भारु चपाउँदा पनि मालिकले भने–यो मेरो सन्तान जस्तै हो

काठमाण्डौ, २४ जेठ । उत्तर प्रदेशमा एउटा बाख्राले आफ्नो मालिकको ६६ हजार भारु चपाएको छ ।

किसान सर्वेश कुमार पल नुहाउने क्रममा उक्त रमाइलो घटना घटेको हो । जम्मा ६६ हजार भारुमध्ये उनी केवल ४ हजार मात्र जोगाउन सफल भए । यो घटनापछि छिमेकीहरुले उनलाई उक्त बाख्रा मासु पसलेलाई बेच्न आग्रह गरे ।

प्रतिउत्तरमा सर्वेश र उनकी श्रीमतिले जे भने त्यो निकै घतलाग्दो छ । उनीहरुले भने, ‘हामी बाख्राप्रति त्यति अभद्र हुन चाहन्नौं, किनकि यो हाम्रो आफ्नै सन्तान जस्तै हो ।

shares