Breaking News

गाेरखामा करेन्ट लागेर एक जनाकाे मृत्यु

गोरखा, २४ जेठ । गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा करेन्ट लागेर  ६७ वर्षिय लालबहादुर कुमालको  मृत्यु भएको छ ।

आफ्नै घरमा विद्युत जडान गर्ने क्रममा करेन्ट प्रवाह भइरहेको नांगो तार छुन पुग्दा कुमालको घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतक कुमाललार्इ पोष्टमार्टमका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएकाे छ ।

shares