शिक्षकले भोट माग्दै हिँडे कारवाही गरिने

पात्ले, ९ वैशाख । पात्लेस्थित शिवालय मावि छेर्मादिङ पात्ले–३ ले स्थानीय निकायको निर्वाचनमा दल विशेषलाई भोट माग्ने कार्य गर्ने शिक्षकलाई कारवाही गर्ने भएको छ ।

छानबिन समिति नै गठन गरेर विद्यालयले शिक्षकलाई कुनै पनि राजनैतिक दल, संघसंस्था, समूहमा बस्न नपाइने समेत निर्णय गरेको हो । निर्वाचन आचार संहिता र विव्यसको निर्णयको विपरीत ‘भोट माग्दै हिँडेमा’ विभागीय कारवाही गर्ने निर्णय भएको कार्यवाहक अध्यक्ष ङाङ चेम्बा शेर्पाले जानकारी दिए ।

विद्यालयमा भर्ना अभियान सञ्चालन गर्नुपर्ने बेला शिक्षकहरु दल विशेषलाई भोट माग्दै हिँड्ने गरेको भन्ने गुनासोहरु आएपछि व्यवस्थापन समितिले छानबिन समेत गठन गरी कार्यक्रम अघि बढाइएको जनाएको छ ।

राजनैतिक दल विशेष रहेर भोट माग्ने, राजनैतिक गतिविधिमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता शिक्षक कर्मचारीलाई जिम्मेवारीमुक्त गर्नेसम्मको कारवाही हुने प्रधानाध्यापक टंकनाथ नेपालले जानकारी दिए ।