Breaking News

प्रधानमन्त्रीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै

काठमाण्डौं २४ जेठ ।नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ ।

संवैधानिक प्रावधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले शपथ लिनुहुनेछ । राष्ट्रपति भवन शितलनिवासमा दिउसो २ बजे सपथ ग्रहणको कार्यक्रम तोकिएको छ ।

देउवासंगै सत्तारुढ गठबन्धनबाट आजै केही मन्त्रीले शपथ लिने तयारी गर्नुभएको छ । मन्त्रीहरुको टुंगो लाग्न भने बांकी छ । कांग्रेस र माओवादी केन्द्रमा मन्त्री छनौटका लागि आन्तरिक गृहकार्य भैरहेको छ ।

फोरम लोकतान्त्रिकबाट पनि एक मन्त्रीले आज सपथ लिनुहुनेछ । अन्तिम समयमा सरकारलाई समर्थन गरेको राप्रपालाई पनि तीनदेखि चारसम्म मन्त्री दिने तयारी भए पनि राप्रपाले अझै नाम छनौट गर्न सकेको छैन ।

shares