Breaking News

प्रधानमन्त्रीको शपथग्रहण आजः पहिलो चरणमा छरितो मन्त्रिमण्डल

काठमाण्डौ, २४ जेठ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् ।

शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् ।

पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एकजनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेको छन् । याे खबर राजधानी दैनिकमा छ ।

shares