‘खोलो’ फर्कियो जिम्मेवारी उही : यी हुन् प्रधानमन्त्रीका प्रमुख कार्यभार

काठमाण्डौ, २४ जेठ । तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ, निर्वाचन गराउने ।

प्रधानमन्त्रीका प्रमुख कार्यभारहरु :
– माघ ७ भित्र तीनै तहको चुनाव
– संविधान संशोधन र कार्यन्वयन
– भूकम्पपछिको पुननिर्माण
– शान्तिप्रक्रियामा बाँकी काम
– गठबन्धनलाई निरन्तरता
– छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध

याे खबर नागरिक दैनिकमा छ ।