October 24, 2017

लमजुङका भूकम्पपीडितले घर निर्माणका लागि अनुदान रकम पाउने

काठमाण्डौ, ९ वैशाख । वैशाख १२ को महाभूकम्पमा बास गुमाएका लमजुङका पीडितहरूले दुई वर्षपछि बल्ल घर निर्माणका लागि अनुदान रकम पाउने भएका छन् ।

लाभग्राही सूचीमा परेका लमजुङका भूकम्प पीडितसँग निजी आवास पुनर्निर्र्माण अनुदान सम्झौता सुरु भएको हो । केन्द्रीय तथ्याङ्क विभागको सर्भेयर इन्जिनियरको टोलीले घरधुरी सर्भे गरेपछि पुनर्निर्र्माण प्राधिकरणले लाभग्राही सूची तयार पारेको हो । अनुदान सम्झौता भएकाहरुलाई जिल्लाका २६ वटा बैंक तथा वित्तिय संस्थाबाट अनुदान रकम लिने व्यवस्था मिलाइएको छ ।

भूकम्प प्रभावितले निजी आवास अनुदान सम्झौतापछि पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ पाउनेछन् । घर निर्माणको जग पुरा भई प्राविधिक परीक्षणपछि दोस्रो किस्तामा एक लाख ५० हजार पाउनेछन् । तेस्रो किस्तामा एक लाख गरी तीन लाख रुपैयाँ अनुदान रकम पाउने व्यवस्था छ । तर, अन्तिम किस्ताको रकम पाउन शौचालय, वैकल्पिक उर्जा, वायोग्यास केही बनाएको हुनुपर्ने व्यवस्था गरिएको छ ।