घाँटीमा समस्या छ भने यसो गर्नुस्

काठमाण्डौ, २३ जेठ । घाटी सुख्खा हुनु पनि एक समस्या हो । जसले गर्दा घाँटी खसखसाउने र घाँटीमा गम्भिर समस्या पनि देखिन सक्छ ।

यदि तपाईलाई पनि घाँटीको समस्या छ भने यी घरेलु उपाय अपनाउनुहोस्–

१. मह

एक चम्चा महको सेवन गरिसकेपछि थोरै पानी पिउनुहोस् । यसो गर्दा घाँटीमा तुरुन्त आराम मिल्छ । कफको समस्यामा पनि आराम मिल्ने गर्दछ । तपाई चाहनुहुन्छ भने कागती र मह मिलाएर पनि पिउन सक्नुहुन्छ ।

२. तुलसीको चिया

घाँटीमा निकै मात्रामा खसखस भइरहेको छ भने तुलसीको चियो लाभदायक हुन सक्छ । यसले घाँटीसम्बन्धी सबै समस्या हटाउने गर्दछ । यसको फाईदा त के छ भने यसको कुने साइडइफेक्ट्सको डर हुँदैन । तातोपानीमा तुलसीको पत्ता उमालेर प्रत्येक दिन सेवन गर्न सकिन्छ ।

३. सुपको सेवन

तातो तातो सुपको प्रयोग पनि घाँटीको समस्या दूर गर्ने उपाय हुने गर्दछ । घाँटीमा भइरहेको खसखसको मात्रालाई पनि कम गर्दछ ।

४. लौकाको रस

लौकाको रस निकालेर त्यसमा थोरै मह वा चिनी मिलाएर पिउँदा घाँटीको समस्या हराउने गर्दछ ।

५. प्याज

प्याजलाई थिचेर त्यसमा जीरा वा सिँधे नुन मिलाएर सेवन गर्दा घाँटीमा हुने जलन, पीडा लगायतका समस्या दूर हुने गर्दछ ।