Breaking News

मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–० ले पराजित

काठमाण्डौ, २३ जेठ । मुम्बईस्थित अँधेरी रंगशालामा मंगलबार भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा भारतीय खेलाडी सन्देश जिग्नाहले पहिलो गोल गरे । खेलको ६८ औं मिनेटमा नेपालका कप्तान विराज महर्जन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिएको नेपालले ७५ औं मिनेटमा दोस्रो गोल खाएको थियो ।

पहिलो हाफमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा नेपालले गोल गर्न सकेन । एएफसी सन् २०१९ को तयारीमा रहेको नेपालले यही ३० जेठ सशस्त्रको हलचोकमा यमनको सामना गर्नेछ ।

shares