Breaking News

नेपाली कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमबीच ३ बुँदे सहमति

काठमाण्डौ, २३ जेठ । सत्तामा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच ३ बुँदे लिखित सहमति भएको छ ।

सहमतिको बुँदाहरुमा प्रचण्ड सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्ने, विभिन्न घटनामा परेर ज्यान गुमाउनेलाई सहिद घोषणा र विगतमा लागेका मुद्दा फिर्ता लगायतका सहमति कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सहमति भएको छ ।

व्यवस्थापिका संसदको बैठक बस्नु अघि उक्त सहमति पत्रमा हस्ताक्षर गरिएको हो । सहमति पत्रमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायत शीर्षस्थ नेताहरुले हस्ताक्षर गरेका छन् ।

निम्न बुँदाहरुमा सहमति भएकाे हाे-

shares