मैत्रीपूर्ण फुटबल खेलमा अाज नेपाल र भारत भिड्दै

काठमाण्डौ, २३ जेठ । नेपाली फुटबल टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा नेपाली समय अनुसार साँझ सवा ७ बजे खेल हुनेछ । नेपालका कप्तान विराज महर्जनले भारतलाई हराउने दाबी गरेका छन् । घुँडाको चोटका कारण आजको खेलमा भारतका नियमित कप्तान सुनिल क्षेत्री टोलीमा रहने छैनन् । क्षेत्रीको अनुपस्थितिमा भारतको कप्तानी गुरप्रीत सिंहले गर्नेछन् ।

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले जेठ ३० गते घरेलु मैदानमा यमनसँग खेल्दैछ । सोही दिन भारतले पनि किर्गिस्तानसँग खेल्दै छ ।