October 24, 2017

मधेसी माेर्चासँगको सहमति पछि निर्वाचन दुईचरणमा हुने कमल थापाको भनाई

उद्धव घिमिरे / विराटनगर, ९ वैशाख  । उपप्रधान एंव स्थानिय विकासमन्त्री कमल थापाले मधेसी मोर्चा संग प्याकेजमै सहमती खोजी तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन सम्पन्न हुने बताएका छन ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरु संग कुरा गर्दै उपप्रधानमन्त्री थापाले प्याकेजमै सहमती खोजी गरि मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराइने बताए । उनले भने,‘ सिमांकन, नागरिकता , भाषा, राष्ट्रियसभाको गठन , विधि तथा परिमार्जन सहितको संविधान संशोधनका विषयमा सरकारले मोर्चासंग सकारात्मक रुपमा छलफल गरिरहेको छ, एक दुई दिनभित्र यी सबै विषयमा प्याकेजमै सहमती हुन्छ । ’ उपप्रधानमन्त्री थापाले सहमतीपछि स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चापनि सहभागी हुने दावी गरे।
संसदमा दर्ता भएको विधेयकलाई सामान्य परिमार्जनगरी अघि वढाउने विषयमा मोर्चासंग सहमती नजिक पुगिएको जानकारी दिंदै उपप्रधानमन्त्री थापाले जनसंख्याको अधारमा स्थानिय तहको संख्या कायम गर्नुपर्ने माग मधेसी मोर्चाको रहेकाले त्यसमा सहमती जुटे केही जिल्लामा स्थानिय तहको संख्या थपिने बताए । उनले स्थानिय तहको संख्या थप्ने विषयमा सहमती जुटे निर्वाचन दुई चरणमा हुने बताए ।  स्थानिय तहको संख्या थपघट नभएका जिल्लामा सरकारले तोकेको निर्धारित मिति आगामी बैशाख ३१ गते नै चुनाव हुने र थपिएका जिल्लामा केहिदिन पछि निर्वाचन गरिने थापाकाे भनाई थियो ।