Breaking News

भावी प्रधान्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिश

काठमाण्डौ, २३ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्याधीशका लागि ६ जनाको नाम सिफारिश गरेकी छिन् ।

न्यायपरिषद्को बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश कार्की एक्लैले नाम सिफारिश गर्दै आफ्नो कार्यकालको अन्तिम दिन प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएकी छिन् ।

सिफारिश गरिएका नामहरुमा न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्मा रहेका छन् । कार्कीले आफ्नो सिफारिशमा सबै उम्मेदवारको व्यक्तिगत विवरण पनि खुलाएकी छिन् ।

नेपालको संविधानको धारा २८४ को उपधारा ३ बमोजिम प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै भावी प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । प्रधानन्यायाधीशका लागि योग्य हुन संविधानको धारा १२९ को उपधारा ३ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ ।

shares