October 19, 2017

निर्वाचन आयोगमा कसरी दर्ता हुन्छ राजपा ?

काठमाडौं, ९ बैशाख ।विभिन्न ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। राजपाका नेताहरूले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको जानकारी गराएका छन्।

आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको छ । त्यसैले आयोगमा नयाँ पार्टीका रूपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् । पार्टीको नामको अगाडि या पछाडि एउटा शब्द थप्ने तयारी भइरहेको राजपाका नेता मनीष सुमनले बताए।यो खबर नागरिक दैनिकमा छ ।