धुर्मुस–सुन्तली फाउण्डेसनको महत्वाकांक्षी ‘नमुना नेपाल’ सार्वजनिक

काठमाण्डौ, २२ जेठ । धुर्मुस–सुन्तली फाउण्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

काठमाण्डौमा आज कार्यक्रम गरी फाउण्डेसनले ‘नमुना नेपाल’ बनाउने आफ्नो योजना अन्तर्गतको चौथो योजना सार्वजनिक गरेको हो । फाउण्डेसनले ‘नमुना नेपाल’ बनाउन भन्दै ५ सय देखि १ हजार रोपनी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

फाउण्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले मुलुकलाई विश्वसामु चिनाउन ‘नमुना नेपाल’ निर्माण योजना ल्याएकोे स्पष्ट पारे । उक्त याेजनालाई ‘विश्वले चिन्नेछ नेपाल, नेपालभित्रकाे नेपाल’ काे नाम दिइएकाे छ ।

यसअघि फाउण्डेसनले भूकम्पप्रभावित काभ्रेस्थित पाँचखाल डाँडागाउँमा, सिन्धुपाल्चोकको गिरानचौरमा र मुसहर बस्ती महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती बनाइसकेको छ ।