Breaking News

‘नमुना नेपाल’ परियोजनालाई २५ लाख सहयोग गर्ने अल्काको घोषणा

काठमाण्डौ, जेठ २२ । अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना अन्तर्गतकाे ‘नमुना नेपाल’ निर्माणमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

राजधानीमा सोमबार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले सुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्तर्गत आफूले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए । सो सहयोग रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिँदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठूलो सहयोग पुग्ने बताए ।

shares