‘ट्युबलाइट’ ले ‘बाहुबली २’ को रेकर्ड ब्रेक गर्दैनः सलमान खान

काठमाण्डौ, २२ जेठ । भारतीय अभिनेता सलमान खानले आफ्नो आउँदै गरेको फ्लिम ‘ट्युबलाइट’ ले ‘बाहुबली २’ को रेकर्ड नतोड्ने बताएका छन् ।

एसएस राजामौली निर्देशित फ्लिम ‘बाहुबली २ः द कन्क्लुजन’ ले बलिउडको इतिहासमा नै रेकर्ड कायम गरेको हो । सलमानले भने, ‘यसो हुनुमा विशुद्ध हिन्दी चलचित्र हेर्ने दर्शकको ध्यान डब गरिएका चलचित्रले खिँच्नु हो ।’

‘बाहुबली २’ लाई हिन्दी सिनेमाकारको कारण सफलता मिलेको सलमानले बताए ।