Breaking News

कतारसंग ६ मुस्लिम देशकाे कुटनीतिक सम्बन्ध विच्छेद, इत्तेहाद एअरलाइन्सले हवाइ सेवा बन्द गर्यो

काठमाण्डौ, २२ जेठ । आतंकवादी गतिविधिलाई सहायता गरेको भन्दै  कतारसंग कुटनीतिक सम्बन्ध विच्छेद गर्ने देशकाे संख्या ६ पुगेकाे छ ।  यमन र लिबियाले पनि  कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । यसअघि साउदी अरब, इजिप्ट, दुबई र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदसंगै ती देशहरुले अाफ्ना अधिकारीहरुलाई ४८ घण्टाभित्र कतार छाडेर स्वदेश फर्कन अादेश दिएका छन ।

मार्च २०१४ मा पनि साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेटले  कतार माथि ती देशहरुकाे आंतरिक मामिलामा हस्तक्षेप गरेको अारोपमा अाफ्ना राजदुत फिर्ता बोलाएकाे थियो ।

कतारसंगकाे सम्बन्ध विच्छेद पछि दुबईको ध्वाजावाहक इत्तेहाद एअरलाइन्सले आबुधाबीबाट दोहा जाने र आउने फ्लाइटको सेवा बन्द गरेको छ । उक्त कुटनीतिक सम्बन्ध विच्छेद भएसँगै नेपालबाट उक्त रुट भएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु पनि कठिनाई भोग्नु पर्ने भएकाे छ ।

shares