June 27, 2017

सन्तानका थरमा बुबाको थर राख्ने प्रावधान हटाउनु पर्छ–न्यायका लागि महिला सञ्चाल

२३ माघ, काठमाण्डौ । लैगिंक समानता कायम गर्न मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयक देवानी संहिताको संशोधन प्रस्तावहरुप्रति न्यायका लागि महिला सञ्चालले आपत्ती जनाएको छ ।

आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सञ्जालले उक्त प्रस्तावले महिलाको लागि व्यवस्था भएका अधिकारहरु र महिलाले उपभोग गर्दै आएका अधिकारहरु समेत खोसिने अवस्था सिर्जना भएको भन्दै आपती जनाएको हो ।

संजालले देवानी संहितामा भएका विभेदकारी प्रावधानहरुको बारेमा छलफल गरि हरेक प्रस्तावनाहरुमा सुझाव समेत दिदै संसोधनलाई परिमार्जन गर्न आग्रह पनि गरेको छ । सञ्लालले बिबाह वदर हुने आधारहरुमा वहुबिवाह र बालविवाह थप गर्नुपर्ने जनाएको छ । त्यस्तै सन्तानका थर निर्धारत गर्दा बाबुको थरलाई प्राथमिकता दिने प्रावधान हटाउनुपर्ने माग पनि गरेको छ ।

देवानी संहितामा भएका विभेदकारी प्रावधानहरुर महिलाअधिकार सुनिश्चितताका लागि हुनुपर्ने व्यवस्थाका बिषयमा सभामुखलाई पनि ज्ञापन पत्र बुझाईएको सञ्जालले जनाएको छ ।