August 20, 2017

संशोधन प्रस्ताव पारित नभए चुनाव हुन्न– महन्थ ठाकुर

२३ माघ, काठमाण्डौ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव नहुने बताए । उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरुपनि सँगै लड्दै आएको उल्लेख गरेका छन् । उनले संविधान संशोधन नहुदासम्म कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने स्पष्ट पारेका छन् । उनले राज्यले जनताका जायज माँगहरुलाई हिंसाद्धारा दबाउँदै आईरहेको आरोप लगाए ।

ठाकुरले  सरकार संविधान संशोधनमा उदासिन देखिएको आरोप लगाए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त सुरुदेखि नै संविधान संशोधनको विरोध गरिरहेको बताए ।