संशोधन प्रस्तावको टुङगो नलागेसम्म निर्वाचनको मिति घोषणा हुदैन–खनाल

२२ माघ, काठमाण्डौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव नटुंगिएसम्म निर्वाचनको मिति घोषणा नहुने बताएका छन् ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव टुंगो नलागेसम्म चुनावको मिति घोषणा नहुने खनालले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले भने हिजो मधेशी मोर्चाका नेताहरुलाईपनि प्रधानमन्त्रीले संशोधन टुंगो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वस्त पार्नुभएको छ । र मोर्चाका नेताहरुलेपनि सकारात्मक सहयोग गर्नुपर्छ भनेर प्रमले भन्नुभएको छ । मोर्चा र प्रधानमन्त्रीवीच हिजो जुन सहमति भएको छ, अब त्यसलाई कार्यान्वयन गरेपछि मात्रै चुनावको मिति घोषणा हुन्छ ।

सरकारले चुनावको मिति घोषणा गर्नका लागि निर्वाचन आयोगलाई पत्र नै पठाइसकेको अवस्थामा खनालबाट यस्तो अभिव्यक्ति आएको हो ।