August 22, 2017

भारतको दबाई खाएका कारण देशको राष्ट्रिय एकता कमजोर परेको

 झलनाथ खनाल 

२३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको दबाई खाएर आएका कारण देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता कमजोर पारेका हुन ।

यो सरकार निर्वाचन गर्न र गराउनका लागि गठन नै भएको हाईन । संविधान जारी गर्न नदिने तत्वको योजना पुरा गर्न संविधान कार्यान्वयनमा भाँजो हाल्नका लागि नै यसको रचना गरिएको हो ।

तोकिएको समय भित्र तीन तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै संकटमा पर्नेछ । संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको हौवा झिकेर देशलाई दीर्घकालिन द्वन्द्वमा लैजाने प्रयास भैरहेको छ ।

हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुनसक्दैन । यहाँका मौलिक भाषा भोजपुरी, मैथिली, अवधी र थारु भाषा मास्ने षडयन्त्र गरिएको छ ।

एमालेको उद्देश्य नीति, उदेश्य र योजना नेपालको माटो सुहाउँदो छ । एमाले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनको गंगा नदी हो ।